विश्वाश गर्ने ठाउँ छैन सबले यहाँ धाट्दा रहेछन
पैसा सँग माया प्रिती यहाँ पनि साट्दा रहेछन
रातै रगत उस्तै मुटु मान्छे एौटै मानिन्थे
रुखलाई छानि-छानी सबले यहाँ काट्दा रहेछन
स्वार्थी संसार रहेछ हजुर भर पर्नु हुन्न रहेछ
एक्लो दुखी भए पछी सबले यहाँ छ आद्दा
रहेछन मन मिले हुन्छ भन्थे जात यहाँ चाहिन्छ रे
जात भात नमिलेमा यहाँ माया पाईन्न रे
कस्तो रहेछ यो समाज बुझ्न अझै सकिन खै
मौरी लाई घ्रिणा गरी मह यहाँ चाट्दा रहेछन्।।।।