Saturday, December 26, 2009


मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन
मान्छे हुँ मपनि त मुटु हो चस्किएर दुख्छ
छलेर अर्को मुनाबाट तिमी फेरी पलायौ किन
टुटेफूँटेका सपना जोडेर जीउँने कोशिश गर्दै थिएँ
यो मनको मौन तलाउँमा पसी ढुंगा चलायौ किन
आस्था संगालेर लघाएको पर्खाल तिमीले नाँघेर
अनयासै भत्काई त्यसलाई तिमीले ढलायौ किन
मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन

झुपडीमा आगो लगाएको। छ यहाँगरिबको उठीबास लगाएको छ यहाँबस्तीहरुमा आगो सल्काएको छ यहाँगरिबहरु लाई भाकै प्यासै तरपायकोछ यहाँएक पेट भर्न पाएका छैन यहाँहावाँमा जिउ छोप्ने टालो छैन यहाँदिन रात परिस्रम गरेको ज्याला पाएका छैन यहाँपसिनाको मुल्ये केहो थाहा छैन यहाँखोलाको किनारमा गिट्टी र बालुवा चालेर ज्यान पाल्नेलाई कस्ले हेर्छ र यहाँ ।जस्ले पसिनाको धारा बगाउँछ त्यस थाहा हुन्छपसिना कस्तो हुन्छ यहाँचिल्ला गाडी चड्नेहरु लाई के थाहाखाली खुट्टा हिड्दा कस्तो हुन्छ यहाँझुपडीमा बस्दा छानो चुहिएर पानी खस्दा कसलाई के थाहापलाष्ट्रिक ओधेर सत्नु पर्दा कस्तो हुन्छ यहाँदिन भरि नाम्लोमा भारी बोग्दा बेलुका पेट भरी खान नपाउदाकस्तो हुन्छ कसले बुझि देला यहाँमाघ पौषको बिहानीको टुसारोमा हावाँ छेक्ने टालोनहुदा खाली खुट्टले टुसारोमा हिड्नु पर्दा कस्तो हुन्छ यहाँमहलमा बस्नेहरु लाइ के थाहा कस्तो हुन्छ यहाँ ।

Monday, December 21, 2009


बाहिर हेरेको आज, बेस्सरी पानी परिरहेको देखें,
भित्र हेरेको,तिम्रो मायाको मलाई बानी परिसकेको देखें ।
जति छटपट पानी नपाउँदा माटोले गर्ने गर्छ
त्यति नै छटपट तिमी नहुँदा मुटुले बेहोरेको भेटें ।।

लामो तर्साई पछि बुँदाले धर्ती अगं छुँदा,
जसरी प्रेमको भोगमा झस्किने गर्छे तरंगसित ।
मात्र तिम्रो कल्पनाले मनको दैलो लिप्दा,
बहावको अनुभव रंगिन्छन् अंग-अंगसित ।।

बादलले ढाकेपछि मध्य दिनैलाई निभाइदिने पानीको जोश,
तिम्रो सामिप्यको कल्पनाले मात्र उडिजाने मेरा होश ।
उस्तै उस्तै लाग्छन् यी दुईका गुण-दोषका सार,
एक तिमी नै,जसको सामु नपरि सकल मेरा हार ।।

भीषण गर्जन पछि,अत्तालिएको धर्तीलाई सम्हाल्दै पानी,
उसैका वरिपरी फोहोरा अनि मुस्लो बनी बग्दो पो रहेछ।
एक रुपले तर्साउने अनि अर्को रुपमा हर्ष बनि उदाउने,
उस्तै गुण-दोष लिदैं,हेर, पानी तिमि बनि पो बहेछ ।।

आज फेरि त्यही घरको दैलो मैले टेकें
सपनीमा आज फेरि त्यही देश देखें
झलमल्ल हिमालले आभा छर्दै थिए
छहरा-छांगा प्रकृतिमा सुर भर्दै थिए
"सुन्दरता" लेख्न खोज्दा "नेपाल" मैले लेखें
सपनीमा आज फेरि त्यही देश देखें
साना-साना मन्दिरमा नि देवताको वास थियो
उनलाई खुशी बनाउने भक्तहरुको आश थियो
"शान्ती" माग्दै आरतीमा आँखा मैले सेकें
सपनीमा आज फेरि त्यही देश देखें
आज फेरि आफ्नै घरको दैलो मैले टेकें
सपनीमा आज फेरि त्यही देश देखें
सपनीमा आज फेरि त्यही देश देखें।।

सुने भावीले भेटिन्छ भन्थे कसैले ।
केहि घाउले चेतिन्छ भन्थे कसैले ।
चुप रहेर हेर्दैछु आमा रोएको ।
घाँटी बोल्नेको रेटिन्छ भन्थे कसैले ।
जति सागर घुमेनि हुन्न निसान ।
हिड्या पाइला मेटिन्छ भन्थे कसैले ।
गर अन्याय मैमाथि न्याय नगर ।
सोझो बीचमा चेपिन्छ भन्थे कसैले ।
मागी आधार उसँग,परें भरोसा ।
ढुङ्गे देउता बेचिन्छ भन्थे कसैले ।

एकपाटो काँढे तार, एकपाटो छुरा धार ।
बिर्सदैछु आँखा चिम्ली,नसोध है समाचार ।
बिसाएर आएँ भारी ,सुनकोशी तिर पारी ।
बढ्दैछ नि पीर लौन ,एक दुई तीन चार ।
जति नजिक भएँ म ,उति गहिरो गएँ म ।
आफैंलाई बिर्सि सकें ,नसम्झाऊ बारम्बार ।
हुन्छ रे सत्य हजार, बुझ्नेहरु अनुसार ।
मन छैन सफा भने नगर भो यो श्रृंगार ।
भन्थे बाले ए दिनेश ,पहिला आफूनै चिनेस् ।
बग्नु काल बगेपछि ,केको हार के गुहार ।

कती एक्लै बस्नु मैले भन पियारी ।
रुदैन र तिम्रो मन पियारी ।।
कती बितायौँ एक्ला एक्लै रात सक्छ्यौ भने
तिमी गन पियारी ।
नभन कै बाध्यता तिम्रा र मेरा भक्कानो
छुट्छ झन पियारी ।
सबैथोक बिर्सिन्छु
तिम्रो यादमा दुब्लाउदै गयो तन पियारी ।
तिमी छैनौ यँहा सन्तोष छैन
कत्तीके रैछ र खै धन पियारी ।

Wednesday, December 9, 2009


वयस्कताको प्रवरता मेरो अंग-अंगमा सवार हुँदा, मलाई लाग्छ, राष्ट्रवादको उत्तेजना म मा अत्तिचापले उन्माद बढेको छ,त्यसैले मैले, अखर फेरो लिनु छ तर, बिवाहको शुभदिनमा घन्केको बाजाहरुले कतै मेरो निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ ! म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...संघारैमा गणतन्त्रको रत्यौली नाच्नेहरु रत्किन्दा, कतै मेरो सुहागरात नै खल्बलिन्छ कि भन्ने डर लाग्छ ! क्रान्तिकारी भए वाईसियल,या त जनजाति र पुर्वी लिम्बुवानहरुका जन्ती तराई मोर्चाका भए, या त मधेसी फोरमका जन्ती,छिट्के डान्सको उफ्राईले मुलुक थर्किन्दा कतै मेरो त निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ,म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...दिवारैमा स्वायत्तताको शिल्लक र भजन गाउँदाको गुञ्जमानले कतै मेरो सुहागरात नै बिथोलिन्छ कि भन्ने डर लाग्छ !! संरचनामा मिहिन भए,लोकतन्त्रका कृतन पढनेहरु या त पण्डित भयो जग्यहोममा शुभम मंगलम पढ्नेहरु,कतै आफै - आफै दक्षिणाको पौठेजोरी खेल्दा कतै, मेरो निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ,म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...पण्डित बाजेको स्वाहाले गृह तनाव मचिन्दा !!!कतै मेरो त सुहगरात नै बिथोलिन्छकी भन्ने डर लाग्छ !! तथास्तु !!!

खल्लो छ सपना निर्मोही दिनको मोहनी रात छैन भने ! झुटो छ प्यार, बाडुली चल्दा सम्झना साथ छैन भने ! मुटु त जीवनको अभिन्न अंग हो, साट्न चाहे साट,तर विश्वासमा धोका र घाट छैन भने ! अनि माया पनि निजी कसैको हुन्न सम्झौतामा सहिछाप गरे गर,तर मायाको साँधमा दोधारे बाँध छैन भने, नछाँट्नु फूलका हाँगाहरु, नगर्नु कलमी, टुसाउने त्यसको गतिलो डाँठ छैन भने, नगोड्नु पनि त्यस् फूललाई कहिल्यै, मौलाउने त्यसको राम्रो छाँट छैन भने ! अनि नचाल्नु पाईला, यात्राको पिंडा सहने आँट छैन भने !!

प्रकृतिले सिंगारिएकी,सुन्दरताकी धनी अनि सौंन्दर्यकी खानी हुँ म।छातीभरी लालुपाते र गुराँस फुलाएर, नशा-नशामा संगितमय झर्ना छाँगा बगाउँदै, मण्डपमा सजिएकी बेहुली सरह सधैँ, दुनियाँको आँखामा बसी रहने रानी हुँ म! गरिनँ मैले बिहेको सम्झौता कसैसँग, प्रस्ताब आथ्यो धेरैको, हस्ताक्षर गरिनँ। किनकी म आमा भईसकेकी छु, समयको माग र परिवेश सँगै गर्भिणी हुन सक्ने, एक प्राकृतिक आमा, तर अबिवाहिता आमा!
बरु भोक, शोक र सन्तपमा पनि कुनै बिचलित नभई,समयको माग र परिबेशको गर्भाधारण गरिरहेको छु मैले,तर आफ्नो स्वार्थको लागि ईज्जत भने बेचिनँ कहिल्यै।न त स्वाभिमान र मर्यादालाई कुल्चेर, अस्मितामा कुनै पराईलाई नै पल्काएँ मैले, तर पनि स्वदेशी तथा बिदेशी नराधमहरुबाट भने,अनेक यातना र सास्तीहरु खेपिरहेँ मैले।कत्तिले मेरा अंग अंग मुसार्न चाहे,कत्तिले मेरा ईज्जतहरुमा आँखा गाडे, बिदेशी ब्वाँसाहरुको आडमा कत्ति खेप त,आफ्नै सन्ततीहरुले मेरा छातीभरी बुर्कुसी खेले, तरपनि मैले कुनै बिचलित नभई, नयाँ शैलीका परिवर्तन र व्यायामहरु जन्माई रहेँ मैले! किनकी म आमा भईसकेकी छु,समयको माग र परिवेश सँगै गर्भिणी हुन सक्ने, एक प्राकृतिक आमा, तर अबिवाहिता आमा!
बिभूतिहरुमा अमरसिंह बलभद्र जस्ता वीर पुरुषहरु अनि,बुद्ध जस्ता शान्तिको दुत र भृकुटी र सीता हरु मैले नै जन्माएँ । राजतन्त्र भनौं या त जनतन्त्र, यी सबै मेरा पैदावारीस हुन् जे भएपनि मौलिकताका कहिल्यै हनन् गरिनँ मैले, अनि राजनीतिक पथको कयौं युद्धहरुमा चेपिएर पनि कहिल्यै गर्भ तुहाईनँ मैले,किनकी म आमा भईसकेकी छु,समयको माग र परिवेश सँगै गर्भिणी हुन सक्ने, एक प्राकृतिक आमा, तर अबिवाहिता आमा!
तर धेरै समय देखि मेरो कोखमा असहजता आएको छ, मेरा आफ्नै सन्ततिको भातृ कलहले,मेरो कोख रित्तिदैछन्, छाती थुनेलो हुँदैछन्, तरपनि म कत्ति पनि बिचलित नभई गर्भाधारण भईरहेकी छु, समयको माग र परिवेशको मध्यनजर राख्दै, यसपटक पनि मैले नयाँ लोकतन्त्र जन्माएकी छु।तर म प्रसब पिंडामा पटक्कै छट्पटाईनँ, बरु प्रसब पिंडाको आलो घाऊ सहेर भएपनि, नयाँ गीत गाएर, आँफै नाचेकी छु, रमाएकी छु! समयको माग र जनादेशको गर्भाधारण गर्दै मैले, नयाँ नेपाल जन्माएकी छु!त्यसैले म महान् आमा, करोडौंकी नेपाल आमा! तर अबिवाहिता आमा! नयाँ नेपालको नयाँ संबिधान जन्माएकी, भर्खरकी सुत्केरी आमा!!

आँशु सबै लुकाएर हाँसो सधै फैलाई रहे फुलहरु पन्छि दिय
काँडा टेक्न बाध्य भए कति लुकाऊ मनको बेथा कसैलाई पोखी दिए आफ्नेइ भन्ने सोचेको त दुश्मुनी पो पाँए जता जाऊ दुखै दुख दुखि लाई नै छैन सुख भाग्य मेरो यस्तेई हो कि दैब,तिम्ले गर्योउ भूल !!!

Tuesday, December 8, 2009


जलिरहेछ मन मेरो कहाँ पोखुँ ठाउ छैन
गलिरहेछ शरीर तर ठम्याउने पाउ छैन
सँगालेर चोटहरू बाच्नु यहाँ गाह्रो भो
दुखिरहन्छ छाती तर देखाउने घाउ छैन
एकान्तमा सधै भरि कल्पनामै डुबेर म
कति कोरू प्रेम पत्र पाउनेको त नाउ छैन
मनको व्याथ लुकाएर मुटु भित्रै कसिराखे
त्यसैले नै तिमीसामु यी कथाका भाउ छैन
बाँचेको छु तड्पीएरै जिन्दगीको अन्तसम्म
मर्छु बरू विवश यसै तिमीलाई मार्ने दाउ छैन

सुन्दैछु म तिमी अचेल उदास हुन्छौ रे
मलाई सम्झी राती राती एक्लै रुन्छौ रे
पाएछौ मेरो चिट्ठी थुप्रै लेखेको थे
तिम्रो गाउँको मान्छे मैले हिजो भेटेको थे
कल्पनामा चुम्दै मेरो तस्बिर छुन्छौ रे
दुखी सम्झी आफुलाई एक्लै रुन्छौ रे
टाढा हुँदा तिम्रो माया झन गाढा भाछ
पस्दैन कोही मुटु भित्र छेकी काडाँ लाछ
अपसोच तिमीलाई भित्र भित्रै शँका गर्छौ रे
प्रदेशी सम्झी आफु चाँही एक्लै रुन्छौ रे
पिर नगर तिम्रो सँगम टाढा गाको छैन
तिम्रो बाहेक अरुलाई पिरती लाको छैन
सागरको गहिराई भित्र मोती खोज्छौ रे
बेहोसी सम्झी आफुलाई एक्लै रुन्छौ रे
सुन्दै छु म तिमी अचेल उदास हुन्छौ रे
मलाई सम्झी राती राती एक्लै रुन्छौ रे

टुक्राटुक्रीजीवनके हो जस्तो लाग्थ्योमर्दै मर्दै बाँच्नु रैछ ।
बिश्वासमा बाँच्नेलाई जीवन साँच्नु रैछ ॥
मायाँके हो मायाँ जस्तो लाग्थ्योमुटु साट्नु रैछ ।
हासो खुसी बाडी बाडीजीवन
काट्न रैछ
॥घातघात के हो जस्तो लाग्थ्योआफ्नै चिता बाल्नु रैु
।सागरको बिच भागमाएउता दियो बाल्नु रैछ ॥