वयस्कताको प्रवरता मेरो अंग-अंगमा सवार हुँदा, मलाई लाग्छ, राष्ट्रवादको उत्तेजना म मा अत्तिचापले उन्माद बढेको छ,त्यसैले मैले, अखर फेरो लिनु छ तर, बिवाहको शुभदिनमा घन्केको बाजाहरुले कतै मेरो निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ ! म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...संघारैमा गणतन्त्रको रत्यौली नाच्नेहरु रत्किन्दा, कतै मेरो सुहागरात नै खल्बलिन्छ कि भन्ने डर लाग्छ ! क्रान्तिकारी भए वाईसियल,या त जनजाति र पुर्वी लिम्बुवानहरुका जन्ती तराई मोर्चाका भए, या त मधेसी फोरमका जन्ती,छिट्के डान्सको उफ्राईले मुलुक थर्किन्दा कतै मेरो त निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ,म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...दिवारैमा स्वायत्तताको शिल्लक र भजन गाउँदाको गुञ्जमानले कतै मेरो सुहागरात नै बिथोलिन्छ कि भन्ने डर लाग्छ !! संरचनामा मिहिन भए,लोकतन्त्रका कृतन पढनेहरु या त पण्डित भयो जग्यहोममा शुभम मंगलम पढ्नेहरु,कतै आफै - आफै दक्षिणाको पौठेजोरी खेल्दा कतै, मेरो निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ,म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...पण्डित बाजेको स्वाहाले गृह तनाव मचिन्दा !!!कतै मेरो त सुहगरात नै बिथोलिन्छकी भन्ने डर लाग्छ !! तथास्तु !!!
0 comments:
Post a Comment