Saturday, December 26, 2009

गजल - "मन्दिरमा मेरो नामको"


मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन
मान्छे हुँ मपनि त मुटु हो चस्किएर दुख्छ
छलेर अर्को मुनाबाट तिमी फेरी पलायौ किन
टुटेफूँटेका सपना जोडेर जीउँने कोशिश गर्दै थिएँ
यो मनको मौन तलाउँमा पसी ढुंगा चलायौ किन
आस्था संगालेर लघाएको पर्खाल तिमीले नाँघेर
अनयासै भत्काई त्यसलाई तिमीले ढलायौ किन
मन्दिरमा मेरो नामको धुपबाती बलायौ किन
जलेकै थिएँ तिमी नजिक भएर जलायौ किन

0 comments:

Post a Comment